देश र जनताको हितमा काम गरौँः अध्यक्ष नेपाल

देश र जनताको हितमा काम गरौँः अध्यक्ष नेपाल

केन्द्रबिन्दु
9
Shares

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले क्षमताअनुसार देश र जनताको हितमा काम आग्रह गरेका छन् ।

मध्यपुरथिमिमा आयोजित पुस्तक विमोचन कार्यक्रममा भक्तपुर सूर्यविनायक निवासी साहित्यकार छन्दविज्ञान निरौलाद्वारा लिखित ‘सगरमाथाको काखबाट इतिहास नियाल्दा’ पुस्तकको विमोचन गर्दै उनले यस्तो बताएका हुन् ।

“जे गरौँ, जताबाट गरौँ, जसले जे गर्न सक्छ सो आफ्नो ठाउँबाट गरौँ, देश र जनताको हितका लागि काम गरौं,” अध्यक्ष नेपालले भने, “हामी सबैको फरकफरक क्षमता दक्षता छ, त्यही दक्षता र क्षमताअनुसार देश र जनताका हितमा काम गर्ने हो ।” उनले देश र जनताको हितमा किताब लेखेर पनि काम गर्न सकिने बताए ।

कार्यक्रममा पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता बलबहादुर केसीले प्रकृतिक सौन्दर्यताले भरिपूर्ण नेपाललाई विश्वमाझ चिनाउन यस्ता पुस्तक उपयोगी हुने चर्चा गरे । त्यसअवसरमा लेखक निरौला, बागमती प्रदेश सभा सदस्य एवं पूर्वप्रदेश मन्त्री डा राजेन्द्रमान श्रेष्ठ, नेकपा समाजवादीका जिल्ला अध्यक्ष श्याम बस्नेतले पुस्तकमा नेपालको इतिहासमात्रै नभई सोलुखुम्बू जिल्लाको इतिहासबारे विस्तृत विवरण समेटेर त्यसबारे जानकारी दिन सफल रहेको बताए ।

Skip This
Skip This
Logo