काठमाडौँ । काठमाडौँमा जारी साफ वुमेन्स च्याम्पियनसिप अन्तर्गत आजदेखि सेमिफाइनल चरणका खेलहरू हुँदै छन् ।
सेमिफाइनलमा आइतबार बंगलादेश र भुटान तथा नेपाल र भारतबीच प्रतिस्पर्धा हुने भएको छ ।
दशरथ रंगशालामा नेपाल र भारतबीचको खेल साँझ साढे ६ बजे हुनेछ । महिला साफमा भारत पाँच पटकसम्मको च्याम्पियन हो भने नेपालसँगको पाँचौँ भेट हो ।
अघिल्लो संस्करणहरूमा चारपटकसम्मको भेटमा नेपालले एकपटक मात्रै भारतलाई हराएको छ । सन् २०२२ मा भएको खेलमा नेपालले भारतलाई १–० गोलले पराजित गरेको थियो । त्यसअघि सन् २०१९, २०१७ र २०१४ मा नेपाल पराजित भएको थियो ।
नेपालले समूह विजेता बन्दै सेमिफाइनलमा भारतसँगको भेट पक्का गरेको थियो । समूह चरणमा नेपाल अपराजित रह्यो । नेपालले दुई जीत र १ बराबरी खेलेर ७ अंक जोड्दै ७ अंक बनाएको थियो । नेपालको समूहमा रहेको भुटानले पनि २ जीत र १ बराबरी खेल्दै सातै अंक बनाएको थियो ।





























प्रतिक्रिया