काठमाडौँ । जिल्ला प्रहरी कार्यालय कास्कीले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ प्रकरणबारे सामाजिक सञ्जालमा भ्रमपूर्ण विचार सम्प्रेषण भएको जनाएको छ ।
आइतबार एक विज्ञप्ति जारी गर्दै कास्की प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्तकुमार शर्माले औपचारिक रूपमा प्रतिक्रिया जनाउँदै प्रहरीले उनलाई कुनै किसिमको दुर्व्यवहार नगरेको स्पष्ट पारेको हो ।
संगठित अपराध र सहकारी संस्थाको बचत रकम दुरूपयोग प्रकरणमा मुछिएर काठमाडौँबाट पक्राउ परेका लामिछानेमाथि प्रहरीले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा समेत अनुसन्धान गरिरहेको छ ।
यस्तो छ पत्र
































प्रतिक्रिया