काठमाडौँ । चीनको वुहुमा ओमोडा एन्ड जेइको इन्टरनेसनल युजर समिट सम्पन्न भएको छ ।
सम्मेलनमा, ‘ओमोडा एन्ड जेइको’को प्यारेन्ट कम्पनी र आइयुसिएन (इन्टरनेसनल युनियन फर कन्जर्भेसन अफ नेचर) बीच “चेरिस नेचर” नामक ग्लोबल को–अपरेसन प्रोजेक्ट (सहयोग परियोजना) मा हस्ताक्षरसहित परियोजनाको औपचारिक आरम्भ पनि भएको थियो ।
‘लार्ज–स्केल ग्रिन च्यारिटी साइक्लिङ इभेन्ट’मा संयुक्त राष्ट्र संघका आठौँ महासचिव वान कि–मुनको पनि सहभागिता रहेको थियो । मुनले ग्लोबल न्यु इनर्जी सेक्टरमा ओमोडा एन्ड जेइकोको प्यारेन्ट कम्पनीको योगदानप्रति प्रशंसा गरेका थिए ।
समिटमा ओमोडा एन्ड जेइकोको प्यारेन्ट कम्पनीले विश्वव्यापी इएसजी (इन्भायरमेन्टल, सोसियल र गभर्नेन्स) अलायन्स स्थापना भएको घोषणा गरेको छ । यो पहलले विभिन्न क्षेत्रहरूसँग सहकार्य बढाउँदै इनोभेसन, ग्रिन एन्ड सेयरिङमा केन्द्रित ग्लोबल इको–कम्युनिटी निर्माण गर्ने लक्ष्य लिएको छ ।
सम्मेलनमा नेपालको तर्फबाट ओमोडा एन्ड जेइको नेपालका ग्राहक तथा उपभोक्ता राजन सापकोटा र मिलन चाम्लिङको पनि सहभागिता रहेको थियो । नेपालमा ओमोडा एन्ड जेइको अटोमोबाइल्सको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालि रहेको छ ।































प्रतिक्रिया