काठमाडौं । आधा घण्टाभन्दा बढी समय आकाशमै होल्ड गरिएको थाई एयर एसियाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ ।
नेपालमा उडान अनुमति नै नपाएका कारण झन्डै एक दर्जन फन्को मारेको थाई एयर एसियाको उक्त जहाज भर्खरै विमानस्थल अवतरण गरेको हो । यात्रुको सुरक्षा र मानवीयताका आधारमा जहाजलाई काठमाडौंमा अवतरण अनुमति दिइएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलालेले जानकारी दिए ।





























प्रतिक्रिया