ट्रान्सवेल्ड नेपालद्धारा प्रायोजित ‘फीन इलेक्ट्रो टेक २०२४’ काे तयारीमा फीनद्वारा परामर्श कार्यक्रम आयोजना

ट्रान्सवेल्ड नेपालद्धारा प्रायोजित ‘फीन इलेक्ट्रो टेक २०२४’ काे तयारीमा फीनद्वारा परामर्श कार्यक्रम आयोजना

केन्द्रबिन्दु
93
Shares

काठमाडाैं । नेपाल विद्युतीय व्यवसायी महासंघ (फीन)ले ‘फीन इलेक्ट्रो टेक २०२४’ अघि स्टेक होल्डर तथा विज्ञापन दाताहरुसँग परामर्श कार्यक्रम आयोजना गरेको छ ।

कार्तिक २९ देखि मंसिर २ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा हुने ११औं संस्करणको ‘फीन इलेक्ट्रो टेक २०२४’ को मुख्य नारा ‘प्रविधिको नयाँ आयाम विद्युतीय सामग्री सुरक्षा कायम’ राखिएको छ ।

काठमाडौंस्थित होटल अकामामा सम्पन्न परामर्श कार्यक्रममा नेपाल विद्युतीय महासंघका पदाधिकारी, फिन इलेक्ट्रो टेक २०२४ को टाइटल, डायमण्ड, गोल्ड र प्लाटिनम स्पोन्सरलगायत विज्ञापन दाताहरुको सहभागिता रहेको थियो । दुई वटा सेसनमा सम्पन्न उक्त कार्यक्रमको दोस्रो सेसनमा विद्युतिय व्यवसायी क्षेत्रसँग सम्बन्धित संघसंस्थाहरुको प्रतिनिधित्व गर्ने मानिसहरुको सहभागिता रहेको थियो ।

नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष रेशम प्रसाद देवकोटाले यस संस्करणको मेलाको तयारी अन्तिम चरणमा पुगिसकेको बताएका छन् । अध्यक्ष देवकोटाले यो संस्करणको मेलामा नेपालमै उत्पादित अविनतम सामग्रीहरु देख्न सकिने बताए ।

कार्यक्रमको पहिलो सेसनमा मेलाको तयारीका लागि संस्थागत तर्फबाट विज्ञापन दाताहरुले व्यवसायी महासंघलाई सल्लाह सुझाव दिएका थिए । प्रत्येक दुई–दुई वर्षमा आयोजना हुने ‘इलेक्ट्रो टेक’ मेलाअन्तर्गत यो वर्षको मुख्य प्रायोजन ट्रान्सवेल्ड नेपाल प्रा. लि.ले पाएको छ । इलेक्ट्रो टेक मेलामा नेपालमा नै उत्पादिन विद्युतीय सामग्रीका साथै अन्तर्राष्ट्रिय ब्राण्डहरु पनि प्रदर्शनमा राखिँदै आएको छ ।

यसैगरी नेपाल विद्युतीय व्यवसायी महासंघका द्वितिय उपाध्यक्ष कमल पोखरेलले पनि यस पटक आयोजना हुने मेलाका लागि आफूहरु निकै उत्साहित रहेको बताए । मेलामा यसपटक सहभागिहरुले विभिन्न नविनतम उत्पादनका साथै विभिन्न गिफ्ट ह्याम्परहरु पनि प्राप्त गर्न सक्ने उनकाे भनाई छ ।

नेपाल विद्युतीय व्यवसायी महासंघका सचिव बिनोद लुँइटेलले यस पटकको मेलामा एउटै थलोमा गुणस्तरिय विद्युतीय उत्पादहरुका बारेमा जानकारी लिन सकिने बताए । पछिल्लोसमय नेपाली समाजमा बनेको नेपाल विद्युतीय समाग्रीहरुको डम्पिङ साइटको उपमा यही मेलाबाट हटाउने विश्वास आफूहरुले लिएको बताए ।

Skip This
Skip This
Logo