इंग्लिस प्रिमियर लिगमा क्रिष्टल प्यालेसको पहिलो जीत दर्ता

इंग्लिस प्रिमियर लिगमा क्रिष्टल प्यालेसको पहिलो जीत दर्ता

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ । इंग्लिस प्रिमियर लिगमा क्रिष्टल प्यालेसले पहिलो जीत दर्ता गरेको छ ।

यस सिजन खराब प्रदर्शन गरिरहको क्रिष्टलले आइतबार राति टोटनह्याम हटस्परलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

क्रिष्टलको जितमा एब्रेची ईजेको उत्कृष्ट प्रदर्शन रह्यो । ईजेको सुन्दर पासले फ्रेन्च खेलाडी जीन–फिलिप मेटेटाले गोल गर्दै टिमलाई ३१ औं मिनेटमा अग्रता दिलाएका थिए । सोही गोल नै क्रिष्टललाई जितका लागि पर्याप्त भयो ।

चेल्सीविरुद्ध स्ट्याम्फर्ड ब्रिजमा गोल गरेर आफ्नो टिमलाई एक अङ्क दिलाएका ईजेलाई त्यसपछि खासै चर्चा प्राप्त भएको थिएन। तर, सेलहस्ट पार्कमा टोटनहमविरुद्धको खेलमा उनले उत्कृष्ट प्रदर्शन गर्दै प्रभावशाली भूमिका निभाए ।

पराजित भएको टोटनह्याम १३ अंकसहित तालिकाको आठौं स्थानमा रहँदा जित हात पारेको क्रिष्टल प्यालेस ६ अंकसहित १७ औं स्थानमा छ ।

Skip This
Skip This
Logo