ट्युनिसिया समुद्री तटमा १५ आप्रवासीको शव फेला

ट्युनिसिया समुद्री तटमा १५ आप्रवासीको शव फेला

केन्द्रबिन्दु
21
Shares

ट्युनिस । ट्युनिसियाली समुद्री रक्षकहरूले पूर्वी तटीय प्रान्त महदियामा १५ जना आप्रवासीहरूको शव फेला पारेका छन् ।

यीमध्ये आठ शव सलाक्तामा, छ वटा चेब्बामा र एउटा मेलौलेकको तटमा फेला परेको महदिया र मोनास्टिर अदालतका प्रवक्ता फरीद बेन झाले बताउनुभयो । मृत्युको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको छ ।

कुहिएको अवस्थामा फेला परेका यी शवलाई पहिचानका लागि आवश्यक प्रक्रियाका लागि अस्पताल लगिएको उनले बताए । भूमध्य सागरमा अवस्थित ट्युनिसिया युरोपमा अवैध आप्रवासनका लागि सबैभन्दा लोकप्रिय ट्रान्जिट पोइन्टहरू मध्ये एक हो । -सिन्ह्वा

Logo