टीभीएसका मोडलको मूल्य बढ्यो, रेडरमा ४ हजार र एन्टर्क सिरिजमा २ हजारले वृद्धि

टीभीएसका मोडलको मूल्य बढ्यो, रेडरमा ४ हजार र एन्टर्क सिरिजमा २ हजारले वृद्धि

केन्द्रबिन्दु
57
Shares

काठमाडौँ । तिहारका समयमा टीभीएसका केही मोडेलमा मूल्य बढेको छ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले केही मोडलमा सामान्य मूल्य वृद्धि गरेको हो ।

कम्पनीले हालै सार्वजनिक गरेको मूल्य सूचीअनुसार नेपालमा उपलब्ध टीभीएस रेडर एफआईमा ४ हजार रुपैयाँ मूल्य वृद्धि भएसँगै अब २ लाख ९६ हजार ९ सय रुपैयाँ पुगेको छ ।

टीभीएस रेडरको मूल्य भने २ लाख ७० हजार ९ सय रुपैयाँ छ । त्यसैगरी टीभीएस अपाचे आरटीआर टुभी तथा आरटीआर १६० फोरभी एफआई स्पेसल एडिसनमा पनि २ हजार रुपैयाँको दरले मूल्य वृद्धि भएको छ ।

त्यसैगरी एन्टर्क स्कुटर सिरिजको मूल्यमा २ हजार रुपैयाँ वृद्धि भएको छ ।

Skip This
Skip This
Logo