पशुपति शर्मा भन्छन्, ‘गीत हटाउन सरकारको कुनै दबाब आएको छैन’

पशुपति शर्मा भन्छन्, ‘गीत हटाउन सरकारको कुनै दबाब आएको छैन’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । गायक पशुपति शर्माले ‘लुट सके लुट कान्छा’ बोलको गीत युट्युबबाट हटाउन सरकारबाट कुनै दबाब नआएको प्रतिक्रिया दिएका छन् । उक्त गीत हटाउन सरकारले दबाब दिईरहेको आरोप लागिरहेका बेला पशुपतिले गीतमा समावेश गरिएका केही शब्द परिमार्जन गर्न युट्युबबाट हटाएको बताएका हुन् ।

उनले भने, ‘सरकारबाट कुनै दवाव आएको छैन तर सरकारसँग नजिक रहेका संगठनहरुको सार्वजनिक अभिव्यक्ति र र केही सुभचिन्तकहरुको आग्रहलाई मध्येनजर गर्दै गीत डाउन गरेको हुँ ।’

पशुपति अहिले उक्त गीतलाई परिमार्जन गर्नमा व्यस्त छन् । उनले आफ्नो सबै सम्पर्क बन्द गरेर गीत रेकर्ड गर्नमा लागेका हुन् । शर्माले अबको केही दिनमा नयाँ परिमार्जनसहितको गीत बजारमा ल्याउने भएका हुन् ।

‘लुट्न सके लुट कान्छा, अरु देशमा पाईदैंन नेपालमै हो छुट’ बोलको गीत बजारमा आएपछि उनी चर्चामा आएका थिए । वर्तमान राजनीति तथा संस्कारमाथि व्यंग प्रहार गर्दै गीत बनाएका पशुपतिमाथि सरकारबाट नभई सरकार समर्थक दलका युवा संगठनहरुबाट दबाब आएको हो । दवावपछि उनले गीत डाउन गरेका हुन् ।

उक्त गीतमा समावेश केही शब्दहरुले नकारात्मक सन्देश गएको भन्दै युवा संघ नेपालले आपत्ती जनाएको थियो । सत्तारुढ दलको भातृ संगठनले विज्ञप्ती नै जारी गरेर गीतको विरोध गरेपछि युट्युबबाट गीत हटाईएको थियो तर अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले भने गीतको भाव नेपाली राजनैतिक परिवेशसंग मिल्दो रहेको कारण गीत हटाउन नपर्ने प्रतिकृया ब्यक्त गरिरहेका छन ।

युट्युबबाट गीत हटेपछि झन चर्चामा पशुपति

Logo