काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले सरकारलाई धेरै धाकधम्की नदेखाउन चेतावनी दिएका छन् ।
बालुवाटामा जारी प्रदर्शनलाई सम्बोधन गर्दै उनले बल प्रयोग नगर्न सरकारलाई आग्रह गरेका हुन् ।
उनले भने, ‘हाम्रो अनुशासनलाई बुझ्नुस्, धेरै धाकधम्की नदेखाउनुस्, बल प्रयोग नगर्नुस्, हाम्रा केही साथीहरूलाई घरपकड भयो । स्मरण रहोस्, न्यायका लागि हिजो राजाको प्रत्यक्ष शासन सत्तामा ढुंगा हान्ने हातहरू यही हुन्।’





























प्रतिक्रिया