काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपअन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेलमा अनलाइन टिकट किन्न नपाइने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार बुधबार जावलाखेलमा बिहान ८ बजेदेखि भौतिक रुपमा मात्रै टिकट किन्न पाइने व्यवस्था गरिएको हो । ११ हजार टिकटमात्र टिकट बिक्री गरिनेछ । जसमध्ये साधारणतर्फ १० हजार र भीआईपीमा १ हजार टिकट रहेको छ । एन्फाले टिकटको मूल्य ५ सय र एक हजार रुपैयाँ तोकेको छ ।
त्रिुपरेश्वरस्थित दशरथ रंगशालामा बुधबार हुने फाइनलमा घरेलु टोली नेपाल र साविक विजेता बंगलादेश भिड्दैछन् । खेल साँझ साढे ६ बजे सुरु हुनेछ । नेपाल पछिल्लो पटक २०२२ को फाइनलमा बंगलादेशसँग ३-१ ले स्तब्ध भएको थियो ।





























प्रतिक्रिया