भारतमा स्थापित हुँदै नील डेभिड ब्राण्ड

भारतमा स्थापित हुँदै नील डेभिड ब्राण्ड

केन्द्रबिन्दु
129
Shares

काठमाडौँ । नेपालबाट सुरु भएको नील डेभिड सलूनको भारतमा शाखा बिस्तार भएको छ । विहारमा नील डेभिड ब्राण्डको माग बढेसँगै किसनगञ्जमा पाँचौँ शाखाको उद्घाटन भएको हो ।

व्यवसायी सइद जाकी अनवारले नील डेभिड सलून लङको सेवा बिस्तार गरेका हुन् । यसअघि दरभंगा, मुजप्फरपुर अनि पटनामा शाखा रहेको सलूनले पछिल्लो पटक किसनगञ्जमा समेत शाखा बिस्तार गरेको नेपालका हेयर स्टाइलिस्ट नील डेभिड कटवालले बताएका छन् । उनी नेपालका हेयर स्टाइलिस्टका रूपमा अन्तर्राष्ट्रिय ख्याति कमाउने पहिलो व्यक्ति हुन् ।

लाही इण्डियाको फ्रेन्चाइज सलून रिसर्चले ‘फास्टेस्ट ग्रोइङ चेन सलून’ मा भारतको ठूलो ब्राण्डमध्ये यसलाई उत्कृष्ट १० मा समावेश गरेको छ । नील डेभिड अहिले नेपाल र भारतमा एक लोकप्रिय सलून ब्राण्ड हो । जसका हाल ५० भन्दा बढी फ्रेन्चाइजहरू सञ्चालन भइरहेका छन् ।

सलूनमा कपाल काट्ने र रङ्ग्याउने मात्र नभएर ग्राहकलाई आनन्द महसुस गराउनुका साथै राम्रो प्रस्तुति पनि महत्त्वपूर्ण हुने सञ्चालकले बताएका छन् । सलूनमा मेकअप, स्किन ट्रिटमेन्टका साथै विभिन्न किसिमका ट्रिटमेन्टहरूबारे परामर्श र सुविधा उपलब्ध रहेका छन् ।

Logo