सिरहा
सिरहाको सुखीपुर नगरपालिका–२ स्थित विद्यानगरमा रहेको सिकिया पोखरीमा माछा मार्ने विषयलाई लिएर दुई पक्षबीच भएको झडपमा दर्जनौँ व्यक्ति घाइते भएका छन् ।
पोखरीको माछा मार्ने विषयमा उत्पन्न भएको विवादले झगडाको रुप लिएपछि नियन्त्रणका लागि प्रहरीले ५ राउण्ड हवाई फायर तथा लाठीचार्ज समेत गर्यो । सिकिया मण्डलको आफन्त सुशील मण्डलको स्वामित्वमा रहेको पोखरी सुखीपुर नगरपालिकाले ठेक्का लगाएपछि मण्डल पक्षले आफ्नो पोखरी भन्दै नगरपलिकामा उजुरी र अदालतमा समेत मुद्दा हालेको थियो ।
माछा मार्न जाँदा ठेक्कादार पक्षले रोकेपछि दुई पक्षबीच विवाद भइ झगडा भएको थियो । भिडलाई तितरबितर पार्न हवाई फायर गरेको सिरहा प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले जानकारी दिए ।
प्रहरीले हवाई फायर गर्दा भगाभाग भएपछि पोखरी दाबी गर्ने पक्षका नौ जना र ठेक्केदार पक्षको दुईजना घाइते भएका छन् । गाउँमा पुनः झगडा हुन नदिन रातमा पनि प्रहरी तैनाथ रहने एसपीले बताए । झगडाको विषयमा बुझ्न प्रयास भइरहेको सुखीपुर नपाका मेयर रामऔतार यादवले बताए ।
अन्नपूर्णबाट































प्रतिक्रिया