मारुती सुजुकीको नयाँ जेन डिजायर लन्च गर्ने तयारी

मारुती सुजुकीको नयाँ जेन डिजायर लन्च गर्ने तयारी

केन्द्रबिन्दु
45
Shares

काठमाडौँ । भारतीय बजारमा मारुती सुजुकीले नयाँ जेन डिजायर लन्च गर्ने तयारी गरिरहेको छ । कम्पनीले नोभेम्बर ११ मा लन्च गर्ने तयारी गरिरहेको हो ।

बिक्री सुरु हुनुअघि डिलरहरूमा पठाउन थालिएको यो कारको एक्सटेरियर पूर्ण रूपमा नयाँ रहेको छ ।

यसमा तेर्सो स्ल्याट्स र शार्प एलईडी हेडल्याम्पसहितको ठूलो फ्रन्ट ग्रिल छ । पछाडिको भागमा वाई आकारको इन्टर्नलसहित र्‍याप राउन्ड टेल लाइटहरू राखिएको छ ।

परम्परागत ट्विन–डायल इन्स्ट्रुमेन्ट क्लस्टर रहेको कारको इन्टेरियरमा ३–स्पोक स्टेयरिङ ह्वील र केन्द्रमा फ्लोटिंग टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली दिइएको छ । यसैगरी, ओराभिएमसहितको एकीकृत टर्न सिग्नलहरू, शार्क फिन एन्टेना र डुअल–टोन एलोय ह्वीलहरू समावेश रहेको यसको टप भेरिएन्टमा सिंगल प्यानल सनरुफ राखिएको छ ।

नयाँ मारुती डिजायर १.२ लिटर जेड सिरिज इन्जिनद्वारा सञ्चालन हुनेछ । नयाँ ३ सिलिन्डर इन्जिनले ८० बीएचपी र ११२ एनएम पावर उत्पादन गर्ने जनाइएको छ । यसमा इन्जिन ५ स्पीड म्यानुअल वा एएमटीसँग जोडिएको हुनेछ । यो कार फ्याक्ट्री फिटेड सीएनजी विकल्पमा पनि उपलब्ध हुनेछ ।

Skip This
Skip This
Logo