तिहारको उपलक्ष्यमा सानिमा बैंकद्धारा बिग मार्टमा छुटको व्यवस्था

तिहारको उपलक्ष्यमा सानिमा बैंकद्धारा बिग मार्टमा छुटको व्यवस्था

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बिगमार्ट (मेगा मार्ट प्रा.लि.) सँग छुटको व्यवस्था गरेको छ ।

उक्त व्यवस्थाअन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशत वा रु. २०० सम्म छुट प्राप्त गर्न सक्नेछन् । यो अफर कार्तिक १५ देखि कार्तिक १८, २०८१ सम्म लागू रहनेछ ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरु तथा १२४ वटा ए.टि.एम.हरु संचालनमा रहेका छन् । बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।

Logo