नेपाल फेरि साफ च्याम्पियनिसपको उपविजेतामै सिमित, बङ्गलादेशले उचाल्यो उपाधि

नेपाल फेरि साफ च्याम्पियनिसपको उपविजेतामै सिमित, बङ्गलादेशले उचाल्यो उपाधि

केन्द्रबिन्दु
327
Shares

काठमाडौं । घरेलु टोली नेपाल पुनः एकपटक दक्षिण एसियाली फुटबल (साफ) महिला च्याम्पियनिसपको उपविजेतामै सिमित भएको छ । बुधबार राति दशरथ रंगशालामा भएको खेलमा नेपाल बङ्गलादेशसँग २-१ गोलअन्तरले पराजित भएको हो ।

घरेलु मैदानमा भएको अघिल्लो संस्करणको खेलमा बङ्गलादेशले नेपाललाई ३–१ गोलअन्तरले हराउँदै उपाधि जितेको थियो । यसपटक पनि नेपालको उपाधि जित्ने सपना पुरा भएन । साफको सातौँ संस्करणसम्म आइपुग्दा नेपाल उपविजेतामै सीमित बन्यो । हालसम्म साफ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग चार र बङ्गलादेशसँग दुई पटक पराजित भयो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पहिलो अग्रता भने बङ्गलादेशले लियो । खेलको ५२औँ मिनेटमा बङ्गलादेशकी खेलाडी मोनिका चक्माले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएकी थिइन् । खेलको ५६औँ मिनेटमा नेपालले बराबरी गोल फर्कायो । नेपालकी अमिशा कार्कीले गोल गर्दै खेललाई १–१ गोलको बराबरी ल्याइन् ।

खेलको ८१औँ मिनेटमा बङ्गलादेशले अग्रता दोब्बर बनायो । बङ्गलादेशकी रितु पोर्ना चक्माले गोल गर्दै अग्रता दोब्बर बनाइन् । त्यसपछि खेलमा गोल हुन सकेन र अन्ततः उपाधि बङ्गदेशको पोल्टामा पुग्यो ।

Logo