काठमाडौं
कर्मचारी समायोजन विधेयक ०७५ प्रतिनिधिसभाबाट पारित भएको छ ।
शुक्रवार अपराह्न बसेको बैठकले समायोजन विधेयक बहुमतले पारित गरेको हो । बैठकमा संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्री लालबाबु पण्डितले विधेयक प्रस्तुत गरेका थिए । विधेयकमा कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्नेबारे विभिन्न व्यवस्था उल्लेख छ ।
प्रतिनिधिसभाबाट पारित विधेयक शुक्रवारै राष्ट्रिय सभामा पठाइएको छ । राष्ट्रिय सभाले विधेयकमा संशोधन प्रस्तावका लागि सांसदलाई ७२ घण्टाको समय दिएको छ ।
नागरिकबाट





























प्रतिक्रिया