काठमाडौं । नेपाल एक खेलअगावै ‘हङ्कङ सिक्सेस’को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
पूल बी को दोस्रो खेलमा अस्ट्रेलियाले इङ्ल्याण्डलाई ३४ रनले पराजित गरेपछि नेपालको क्वाटरफाइनल निश्चित भएको हो । अस्ट्रेलियाले दिएको १४८ रनको विजयी लक्ष्य पछ्याएको इङ्ल्याण्ड ११३ रनमै समेटिएको हो ।
नेपालले आजै भएको पहिलो खेलमा इङ्ल्याण्डलाई छ विकेटले पराजित गरेको थियो । प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएको नेपालको यो ऐतिहासिक जित हो ।
अब नेपालले क्वाटरफाइनलमा पूल डी को श्रीलंका वा बंगलादेशसँग खेल्ने छ । पूल बीबाट अस्ट्रेलिया पनि क्वाटरफाइनलमा पुगेको छ भने इङल्याण्ड जितविहीन हुँदै बाहिरिएको छ । अब अन्तिम खेल नेपाल रअस्ट्रेलियाबीच शनिबार बिहान हुने छ ।





























प्रतिक्रिया