चैनखोला झोलुङ्गे पुल सञ्चालनमा

चैनखोला झोलुङ्गे पुल सञ्चालनमा

केन्द्रबिन्दु
27
Shares

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं २ मा अवस्थित चैन खोलामा नवनिर्मित झोलुङ्गे पुलको सञ्चालनमा आएपछि स्थानिय बासिहरुलाई सहज भएको छ ।

पुल कुल १ सय ४७ मीटर लम्बाइ र करिव २७ मिटर उचाइ भएको झोलुङ्गे पुल शुक्रवार विधिवतरुपमा उद्घाटन गरि सञ्चालनमा आएपछि छायाँनाथ रारा नगरपालिका वडा न १,२,४,५,६,७, ८,र १० वडाका स्थानियहरुलाई जिल्ला सदरमुकाम गमगढी बजार आवतजावत गर्नका लागि निकै सहज तथा दुरी छोटो भएको हो ।

छायाँनाथ रारा नगरपालिकाको १ करोड १० लाख १२ हजार ५ सय रुपैयाँको लगानीमा पुल निर्माण गरिएको थियो ।

मुगु जिल्लाकै लामो रहेको चैनखोला झोलुङ्गे पुलको उद्घघाटन कर्णाली प्रदेश सभा सदस्य तथा पुर्व उद्योग पर्यटन वन बातावरण मन्त्री जित बहादुर मल्ल र जिल्ला समन्वय समितिका प्रमुख मञ्जन बहादुर कार्कीले संयुक्तरुपमा उद्घाटन गरेका थिए भने शिला उद्घाटन छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णु कुमार भामले गरेका थिए ।

चैन खोलामा झोलुङ्गे पुल निमार्ण भएसंगै सदरमुकाम गमगढीमा दैनिक उपभोग्य सामान किनमेल गर्न आउन जाने र चैन गाउँमा रहेको प्रसिद्ध छायाँनाथ मन्दिरमा भक्तजनलाई दर्शन गर्न जान सहज हुनुका साथै बालबालिकालाई बजारमा रहेका निजि तथा सामुदायिक विद्यालयहरु पुग्न सहज तथा छोटो भएको छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णु कुमार भामले बताए ।

गत १०८१ साल बैशाख ३१ गते पुल निर्माणको सम्झौता गरेको कर्णाली ईन्फास्ट्कचर डिभलोमेन्ट् सर्भिस प्रा।लीले २०८१ साल पुस ३० गते सम्पन्न गर्नुपर्ने थियो तर पुल निर्माण सम्पन्न हुने मिति अगावै करिब २ महिनाभित्रै पुल निर्माण भएको छायाँनाथ रारा नगरपालिकाले जनाएको छ ।

चैनखोला झोलुङ्गे पुल उद्घघाटन समारोहमा जिल्ला समन्वय समितिका प्रमुख मञ्जन कार्की, नगर उपप्रमुख ,प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मी, जिल्लाका विभिन्न राजनीतिक दलका नेता स्थानीय जनप्रतिनिधि हरुको उपस्थिति रहेको थियो । चैनखोला झोलुङ्गे पुलमा सिसि क्यामारा सडक बत्तिसँगै पुलको दुबै भागको टुपामा राष्ट्रिय झण्डा गाडिएसँगै थप रौनक थपिएको छ ।

Logo