सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–२ मियाँखोरमा पोखरीमा कारसहित डुबेका यात्रुको खोजीका लागि गोताखोर परिचालन गरिएको छ ।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शौलेन्द्र थापाका अनुसार सुरक्षा बेस सागरनाथ र ईप्रका केशरगंजबाट सुरक्षा फौज खटिएको हो ।
सर्लाहीको बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार अनियन्त्रित भई सर्लाहीकै ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित पोखरीमा आज बिहान डुबेको थियो । कारमा गौशाला नगरपालिका–१० का अन्दाजी ३७–३८ वर्षीय सुरेश महतो र सोनवा गाउँपालिका–८ का ३७ वर्षीय रामाकान्त ठाकुर सवार रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
कारमा सवार अर्का व्यक्ति महोत्तरीको गौशाला –२ का अन्दाजी ३१ वर्षीय जनक यादव पौडिएर बाहिर निस्कन सफल भएका थिए । कार अनियन्त्रित भएर सडक छेउमा रहेको सरस्वती माध्यामिक विद्यालयको पोखरीमा गएर डुबेको स्थानीयको भनाइ छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया