होम योगी/महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिकाले मोवाईल एप सञ्चालनमा ल्याएको छ । नगरपालिकाले शुक्लफाँटा नगरपालिका नामक मोबाईल एप सञ्चालनमा ल्याएको हो ।
नगरपालिकाको सम्पूर्ण गतिविधि एपमा राखिएको शुक्लाफाँटा नगरपालिकाका सुचना प्रविधि अधिकृत लोकराज भट्टले जानकारी दिए । अब नगरबासीले आफुलाई आवश्यक पर्ने सम्पूर्ण विवरण मोवाईल एपमा हेर्न सक्नेछन् ।
मोवाईल एपमा नगरपालिकाको सबै वस्तुगत विवरणसँगै जनप्रतिनिधी र कर्मचारीको पूर्ण विवरण समावेश गरिएको छ । शुक्लफाँटा नगरपालिकाले वडा तथा नगरबाट प्रदान गर्ने सेवा, नगरको कार्ययोजना, विकास योजनाको बजेटसहितको विवरण एपबाट थाहा पाउन सकिने व्यवस्था मिलाएको सुचना प्रविधी अधिकृत भट्टले बताए ।
सन्देश मुलक सूचना, नगरभित्रका ऐतिहासिक एवं धार्मिक स्थलहरु, आपतकालीन नम्बरसमेत एपमा समावेश गरिने उनले बताए । नगरबासीले आफुलाई चाहिने विवरण थाहा पाउन मोवाईलको प्ले स्टोरमा गई अंग्रेजीमा शुक्लाफाँटा मिनिसिपिलिटी सर्च गरी एप डाउनलोड गरेर विस्तृत जानकारी लिन सकिनेछन्, एपको प्रयोग गरेर सेवाग्राहीले समस्या, सुझाव तथा गुनासो समेत दर्ता गराउन सक्ने छन् ।





























प्रतिक्रिया