प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या, नियमित भेटघाट स्थगित

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या, नियमित भेटघाट स्थगित

केन्द्रबिन्दु
78
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा समस्या देखिएपछि नियमित भेटघाट स्थगित गरेका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार ओलीलाई ज्वरो आएपछि अत्यावश्यकबाहेकका भेटघाट कार्यक्रम स्थगित गरिएको हो । उनी हाल बालुवाटारस्थित सरकारी निवासमै आराम गरिरहेका छन् ।

‘सामान्य ज्वरोका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) अत्यावश्यकबाहेक अन्य कुनै भेटघाट र कार्यक्रम राख्नुभएको छैन । उहाँ प्रधानमन्त्री निवास, बालुवाटारमा आराम गरिरहनुभएको छ,’ प्रधानमन्त्री ओलीको सचिवालयले भनेको छ ।

Logo