कम्पनी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार र उपरजिष्ट्रारमाथि हातपात

कम्पनी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार र उपरजिष्ट्रारमाथि हातपात

केन्द्रबिन्दु
0
Shares

काठमाडौँको त्रिपुरेश्वरमा रहेको कम्पनी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार र उपरजिष्ट्रारमाथि हातापात भएको छ।

रजिष्ट्रार भूवनहरि अर्याल र उपरजिष्ट्रार हरिनारायण बेल्वासे माथि आज बिहान हातपात भएको हो । उनीहरुमाथि गुणराज आचार्य र टीकाध्वज खड्काले हातपात गरेको हो।  सेवाग्रहीको रुपमा आएका कम्पनी दर्ता गर्न आएका आचार्य र खड्काले कर्मचारीमाथि हातपात गरेपछि अहिले त्यहाँको अबस्था तनावपूर्ण छ।

उनीहरुले चीनको नाम राखेर कम्पनी दर्ता गराउन खोज्दा कर्मचारीले नमानेपछि हातपात भएको बुझिएको छ।  प्रहरीले अभियुक्त मध्येका आचार्यलाई पक्राउ गरेको छ भने र अर्का अभियुक्त खड्का भने फरार भएका छन् ।

उनीहरुले कार्यालय समेत तोडफोड गरेका छन्  । यस बिषयमा जानकारी दिन कार्यालयले केहीबेरमा पत्रकार सम्मेलन गर्दैछ।

Skip This
Skip This
Logo