कम बजेटको कारको खोजीमा हुनुहुन्छ ? यी हुन् चाँडै लन्च हुने सम्भावना भएका कार

कम बजेटको कारको खोजीमा हुनुहुन्छ ? यी हुन् चाँडै लन्च हुने सम्भावना भएका कार

केन्द्रबिन्दु
255
Shares

काठमाडौँ । पछिल्लो समय मध्यम वर्गीय ग्राहकहरू पनि कार चढ्न थालेका छन् । कारको विश्व बजारमा मध्यम वर्गीय ग्राहकहरूको संख्या पनि ठुलै छ । यसकारण पछिल्लो समय कम बजेटको कार मा ग पनि व्यापक छ । यदि तपाईँ पनि कम बजेटको कारको खोजीमा हुनुहुन्छ भने हामी त्यसबारे जानकारी दिँदै छौँ । जुन भारतमा लन्च भए पश्चात् नेपाली बजारमा पनि उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।

किया साइरोस

कियाले आफ्नो अर्को कम्प्याक्ट एसयूभीमा काम गरिरहेको छ । रिपोर्टका अनुसार नयाँ एसयूभीमा पेट्रोल इन्जिन हुनेछ र यसको ईभी संस्करण पनि लन्च गरिनेछ। यसको ड्यासबोर्डमा ट्विन डिजिटल स्क्रिन, सनरुफ, ३६० डिग्री क्यामेरा, अगाडि भेन्टिलेटेड सिट र एडीएएस सीट जस्ता आधुनिक फिचर समावेश हुनेछ ।

सुजुकी डिजायर फेसलिफ्ट

नोभेम्बरमा लन्च हुने अपेक्षा गरिएको मारुती सुजुकी डिजायरको नयाँ मोडलमा नयाँ फिचर र अपडेट गरिएको इन्टेरियर हुनेछ । यसमा पहिलो पटक सिंगल प्यानल सनरुफ पनि समावेश हुनेछ । यसमा १.२ लिटर ३ सिलिन्डर जेड१२ई इन्जिन हुनेछ, जसले ५७०० आरपीएममा ८० बीएचपी र ४३०० आरपीएममा १११.७ एनएम टर्क जेनेरेट गर्नेछ। सो एसयूभीमा ५ स्पिड म्यानुअल वा ५ स्पिड एएमटी ट्रान्समिसनको विकल्प हुनेछ ।

होन्डा अमेज न्यु जेनेरेसन

होन्डा अमेजले नयाँ अमेजलाई सिटी र एलिभेटको प्लेटफर्ममा पूर्ण रूपमा नयाँ इन्टेरियर र एक्सटेरियरसहित विकास गरेको छ । यसमा डिजायर जस्तै सनरुफ समावेश हुने अपेक्षा गरिएको छ। अमेजमा ठुलो इन्फोटेनमेन्ट डिस्प्ले र ३६० डिग्री क्यामेरा जस्ता फिचर हुनेछ । यसमा १.२ लिटर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन हुनेछ, जसले ६००० आरपीएममा ८८.५ बीएचपी पावर र ४८०० आरपीएममा ११० एनएम टर्क जेनेरेट गर्नेछ। यसमा ५ स्पिड म्यानुअल र सीभीटी अटोमेटिक गरी दुईवटा ट्रान्समिसन विकल्प हुनेछ ।

स्कोडा काइल्याक

स्कोडा काइल्याक कम्पनीको पहिलो सब ४ मिटर एसयूभी हुनेछ । सो एसयूभी नोभेम्बर ६ मा लन्च हुने अपेक्षा गरिएको छ। यो एमक्युबी एओ इन प्लेटफर्ममा निर्माण हुनेछ । यसमा १ लिटर टर्बो पेट्रोल इन्जिन प्रदान गरिने छ, जसले ११४ बीएचपी पावर र १७८ एनएमको टर्क उत्पादन गर्छ । यसमा ६ स्पिड म्यानुअल वा ६ स्पिड अटोमेटिक टर्क कन्भर्टर ट्रान्समिसनसँग उपलब्ध हुनेछ ।

महिन्द्रा एक्सयूभी थ्रीएक्सओ ईभी

महिन्द्रा एक्सयूभी थ्रीएक्सओ ईभी कम्बशन इन्जिनको बराबर इन्जिन हुने सम्भावना छ र यो ४ मिटर भन्दा सानो हुनेछ । थ्रीएक्सओ ईभी इन्ट्री–लेभल ३४.५ किलोवाट ब्याट्री प्याकको साथ आउने अपेक्षा गरिएको छ । यसको अनुमानित रेन्ज ३५९ किलोमिटर हुनेछ ।

Logo