काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फाुगन १५ गतेदेखि पूर्व-पश्चिम स्वाभिमान यात्रा गर्दैछ । हिन्दु राष्ट्र पुनर्स्थापनासहित पूर्व-पश्चिम स्वाभिमान यात्रा गर्न लागेको हो ।
राप्रपाले यात्रा अवधिभर यात्रामा सहभागी हुने नेता, कार्यकर्तालाई मासु खान प्रतिबन्द लगाएको छ । यात्रामा सहभागी सबैले शाकाहारी खाना खानुपर्नेछ। अध्यक्ष थापाले फागुन १५ गते ताप्लेजुङबाट सुरुवात गर्ने यात्रा फागनु २९ गते काठमाडौं आइपुग्ने कार्यक्रम तय भएको छ ।
यात्रा हुने जिल्लाका पार्टी कार्यालयमा यात्रा अवधिभर शुद्ध शाकाहारी भोजन गर्ने पत्राचार गरिसकिएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । यात्रा इलाम, झापा हुँदै तराईका २२ जिल्ला हुँदै सुदूरपश्चिमको कञ्चनपुर पुग्ने र त्यहाँबाट फर्केर रुपन्देही, पाल्पा, स्याङ्जा, कास्की हुँदै फागनु २९ गते काठमाडौं पुग्ने कार्यक्रम रहेको छ ।
फागुन ३० गते काठमाडौंको दशरथ रंगशालामा पाँच हजार बढी कलश यात्रा गर्ने कार्यक्रम रहेको प्रमुख श्रेष्ठको भनाई छ । यात्रामा हरेक दिन बिहान धार्मिक अनुष्ठान र बेलुकी आरती हुनेछ।































प्रतिक्रिया