धुुर्मुस-सुन्तलीलाई मलेसियाबाट उठ्यो ३५ लाख ७१ हजार सहयोग

धुुर्मुस-सुन्तलीलाई मलेसियाबाट उठ्यो ३५ लाख ७१ हजार सहयोग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । मलेसियामा आयोजित सिटी एक्सप्रेस धुर्मुस सुन्तली साँझ २०७५’ बाट ३५ लाख ७१ हजार सहयोग जुटेको छ । चितवनमा निर्माण हुन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको सहयोगार्थ मलेसियामा आयोजित सांस्कृति कार्यक्रमबाट फाउण्डेशनलाई उक्त सहयोग प्रदान भएको हो ।

सिटी एक्सप्रेस मनि ट्रान्सफरको आयोजनामा मलेसियामा सम्पन्न ‘सिटी एक्सप्रेस धुर्मुस सुन्तली साँझ २०७५’ सुरुवाती दिनमा नितान्त मनोरञ्जनात्मक कार्यक्रमको रुपमा परिकल्पना गरिएको थियो ।

‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ घोषणा गरे पश्चात रङ्गशाला निर्माणकै सहयोगार्थ कार्यक्रम प्रस्तुत गर्ने निर्णय भएबमोजिम मलेसियाका तिन वटा शहरहरु क्वालालम्पुर, जोहोर बाह्रु र पेनाङमा अत्यन्तै सफलतापूर्वक कार्यक्रम सम्पन्न भएको धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कटेट्ल धुर्मुसले जनाएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएका हुन् । कार्यक्रममा उपस्थित दर्शकले मनोरञ्जन त लिनुका साथै त्यो भन्दा बढी स्वः स्पूर्त तिनवटै कार्यक्रममा रङ्गशाला निर्माण अभियानमा सहयोग प्रदान गरिएको प्रति धुर्मुसले आभार प्रकट गरेका छन् ।

कार्यक्रम स्थलबाट नेपाली २० लाख ७१ हजार रङ्गशाला अभियानलाई सहयोग प्राप्त भएको छ भने आयोजक सिटी एक्सप्रेसको तर्फबाट १५ लाख थप गरी जम्मा ३५ लाख ७१ हजार ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणलाई सहयोग प्राप्त भएको धुर्मुसले जनाए । पुनः यस अभियानलाई सहयोग गर्न मलेसियाको फेरि भ्रमणका लागि निम्तो आएको भन्दै धुर्मुसले आभार प्रकट गरे ।

Logo