डीपीएल: रुपन्देही च्यालेञ्जर्सको लगातार दोस्रो जित

डीपीएल: रुपन्देही च्यालेञ्जर्सको लगातार दोस्रो जित

केन्द्रबिन्दु
0
Shares

धनगढी प्रिमियर लिग (डीपीएल)मा रुपन्देही च्यालेञ्जर्सले लगातार दोस्रो जित निकालेको छ । आज भएको खेलमा रुपन्देहीले विराटनगर किंग्सलाई ५ विकेटले हराएको हो ।

फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा नौ विकेट गुमाउँदै ९२ रन बनायो । खराव सुरुवात गरेको विराटनगरले चार रनमा पहिलो विकेट गुमाएको थियो । त्यसपछि २८ रन बनाउदा उसको तीन विकेट गएको थियो । हरीशंकर शाहले खाता खोल्न सकेनन् भने आसिफ शेखले आठ तथा असादुल्लाह खानले १६ रन बनाए ।

त्यसपछि पनि उसको विकेट झर्ने क्रम यतिमा रोकिएन । उसले ५७ रन बनाउदा ६ विकेट गएको थियो । जसमा पृथु बास्कोटा चार, सुवास ऐयर नौ तथा शंसद शेख १० रनमा आउट भए । लगतै अभिनाश बोहोरापनि आउट भएपछि उसले ७७ रनमा आठ विकेट खेर फाल्यो । बलिङमा रुपन्देहीका पुनित महेराले तीन तथा ललित भण्डारी र बसन्त रेग्मीले दुई दुई विकेट लिए । उसकालागि कुशल भुर्तेलले १२ रन बनाउदा अन्य खेलाडीले राम्रो खेल्न सकनेन् ।

जवाफमा रुपन्देहीले १३ ओभर एक बलमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।

Logo