अतिरुद्र विश्वकल्याण विराट महायज्ञमा कंचनजंगाका प्रडक्ट किन्दा विशेष छुट पाइने

अतिरुद्र विश्वकल्याण विराट महायज्ञमा कंचनजंगाका प्रडक्ट किन्दा विशेष छुट पाइने

केन्द्रबिन्दु
108
Shares

काठमाडौं । भृकुटीमण्डपमा हाल सञ्चालन भइरहेको अतिरुद्र विश्वकल्याण विराट महायज्ञ–२०८१ मा गएर कंचनजंगाका सामग्री किन्दा विशेष छुट पाइने भएको छ । सावित्री कंचनजंगा अगरबत्तीले उक्त महायज्ञमा गएर आफ्ना प्रडक्टहरू खरिद गर्दा ग्राहकहरूको लागि विशेष छुटको व्यवस्था मिलाएको हो ।

नेपाल महर्षि वैदिक फाउन्डेसनद्वारा आयोजित उक्त महायज्ञ कात्तिक २५ गतेसम्म सञ्चालन हुनेछ । महायज्ञ आयोजना अवधिभर कंचनजंगाको स्टल भृकुटीमण्डपमा रहने र सो स्थानमा पुगेर पूजाका सामग्री खरिद गर्न सकिने कम्पनीका जनरल म्यानेजर पुष्कर केसीले जानकारी दिए ।

‘हामीले महायज्ञमा आउने भक्तजनहरूलाई सहज होस् भनेर स्टल राखेका हौं, स्टलमा पूजाका लागि आवश्यक सम्पूर्ण सामग्री उपलब्ध छन्, त्यहाँ गएर पूजाका कुनै पनि सामग्री खरिद गर्दा छुट हुनेछ,’ उनले भने ।

फाउन्डेसनले विसं २०७० देखि देशभरका करिब १०० वैदिक गुरुकुलमा भावातित ध्यान एवं सिद्धि साधनासहित यज्ञ गर्दै आइरहेको छ । हाल सम्मेलनमा युरोप अमेरिकालगायत देशबाट ७० भन्दा बढी विज्ञ एवं प्रतिनिधिहरूको सहभागिता रहेको बताइएको छ ।

यस कम्पनी एक लाख ११ हजार रुपैयाँ तिरेर फाउन्डेसनको आजीवन सदस्य बनेको पनि बताइएको छ । यस्ता अन्य धार्मिक कार्यक्रममा सहभागिता जनाइ उचित मूल्यमै पूजाका सामग्री उपलब्ध गराउँदै पनि आएको छ । हाल उक्त कम्पनीले करिव १०० वटा सुगन्धित अगरबत्ती प्रडक्ट उत्पादन गर्दै आएको छ ।

पूर्वदेखि पश्चिम नेपालसम्म, हिमालदेखी तराईसम्म उपलब्ध यस सुगन्धित अगरबत्ती छोटो समयमै नेपालकै अग्रणी अगरबत्ती ब्रान्डको रूपमा स्थापित छ । नेपालमा नम्बर वान सावित्री कंचनजंगा अगरबत्ती गुणस्तरीय हुनुका साथै आम उपभोक्ताबिच निकै लोकप्रिय छ ।

यस्तै, उक्त ब्रान्डका अगरबत्तीहरू नेपालबाहेक चीन, भारत, जापान, हङकङ, थाइल्याण्ड र भियतनाम लगायतका देशमा पनि निर्यात हुँदै आएको छ ।

Logo