रोजगार संयोजक पदको प्रारम्भिक नतिजा सार्बजनिक भएको छ । श्रम मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री रोजगार कार्यक्रमले आवेदन दिएका २३ हजार ९ सय ६८ जनाबाट २ हजार २ सय ६२ जनालाई प्रारम्भिक सुचिमा राखेको हो ।
अब परिक्षा फागुन ११ र १२ गते हुनेछ । परिक्षाको लागि प्रवेश पत्र, पासपोर्ट साइजको फोटो, नागरिकताको फोटोकपि, शैशिक योग्यताको प्रमाण पत्र, अनुभवको प्रमाण पत्रको प्रतिलिपि लिएर जानुपर्ने छ ।
रोजगार संयोजकमा भर्ना हुने संयोजकलाई अस्थाई कर्मचारी सरह सरकारी सेवा सुविधा र स्थानिय तहको भत्ता दिईने मन्त्रालयले जनाएको छ । संयोजकले महिनामा २६ दिन काम गर्नुपर्ने छ । साथै प्रसुति विदा, किरिया बिदा र घर विदाको व्यवस्था समेत रहेको छ । रोजगार संयोजकको कार्यालय भने गाउँपालिका वा नगरपालिकाको कार्यालयमा रहनेछ ।
सरकारले बुधबारदेखि प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गर्दैछ । यही कार्यक्रम सञ्चालनको लागि हरेक स्थानीय तहमा रोजगार संयोजक नियुक्ति गर्न लागिएको हो । फागुन मसान्तसम्म रोजगार संयोजकको अन्तिम नतिजा सार्वजनिक गरेर चैतदेखि काममा खटाउने सरकारको योजना छ ।
संयोजकले वेरोजागारीको संख्या संकलन गर्नुपर्नेछ । भर्ना भएका वेरोजगारलाई कम्तीमा वार्षिक सय दिन रोजगारी प्रदान गरिनेछ ।
नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्































प्रतिक्रिया