हिरो मोटोकर्पले सार्वजनिक गर्‍यो एक्सपल्स ४२१ को कन्सेप्ट डिजाइन

हिरो मोटोकर्पले सार्वजनिक गर्‍यो एक्सपल्स ४२१ को कन्सेप्ट डिजाइन

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । हिरो मोटोकर्पले नयाँ एड्भेन्चर मोटरसाइकलअन्तर्गत एक्सपल्स ४२१ कन्सेप्ट डिजाइन सार्वजनिक गरेको छ ।

एक्सपल्स ४२१ यसै वर्ष आयोजना हुने एक्मा एक्सपोमा सार्वजनिक हुने जनाइएको छ । नयाँ मोटरसाइकल एक ट्रेलिस फ्रेममा आधारित देखिन्छ, जसको डिजाइन डकार र्‍याली बाइकहरूबाट प्रेरित छ ।

एक्सपल्स ४२१ मा अग्लो विन्डस्क्रिनसहितको त्रिकोणीय हेडल्याम्प, सिंगल–पीस सिटसहितको स्टाइलिश बडीवर्क, नकल गार्डसहित फराकिलो ह्यान्डलबारहरू र साइड–माउन्ट अपस्वेप्ट एग्जस्ट उपलब्ध हुनेछ ।

बाइकमा ४२१ सिसी क्षमताको अल न्यू सिंगल–सिलिन्डर लिक्विड–कूल्ड इन्जिन र ६–स्पीड गियरबक्स उपलब्ध हुनेछ । सो एड्भेन्चर मोटरसाइकलको अगाडिको भागमा टेलिस्कोपिक फोर्क र पछाडि मोनोशकसहित लामो यात्रा सस्पेन्सन जडान हुने देखिन्छ । यसमा अफ–रोड टायर र दुवै छेउमा डिस्क ब्रेक सहितको वायरस्पोक ह्वील राखिएका छन् ।

Skip This
Skip This
Logo