काठमाडौँ । मारुती सुजुकीको नयाँ डिजायरले सेफ्टी टेष्टमा ५ स्टार रेटिङ पाएको छ । ११ नोभेम्बरमा लन्च हुन लागेको सो कम्प्याक्ट सेडानले एडल्ट प्रोटेक्नसमा ५ स्टार र चाइल्ड प्रोटेक्सनमा ४ स्टार रेटिङ पाएको हो ।
मारुती सुजुकीलाई नयाँ डिजायरको नतिजाले उत्साहित बनाएको छ । डिजायरको तेस्रो जेनेरेशनले यसअघि जम्मा २ स्टार रेटिङमात्रै पाएको थियो ।
चौथो जेनेरेशन डिजायरको एक्सटेरियर पूर्ण रूपमा नयाँ रहेको छ । यसमा तेर्सो स्ल्याट्स र शार्प एलईडी हेडल्याम्पसहितको ठूलो फ्रन्ट ग्रिल छ । पछाडिको भागमा वाई आकारको इन्टर्नलसहित र्याप राउन्ड टेल लाइटहरू राखिएको छ ।
कारको इन्टेरियरमा ३–स्पोक स्टेयरिङ ह्वील र केन्द्रमा फ्लोटिंग टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली दिइएको छ । कारमा परम्परागत ट्विन–डायल इन्स्ट्रुमेन्ट क्लस्टर रहेको देखिन्छ । यसैगरी, ओराभिएम सहितको एकीकृत टर्न सिग्नलहरू, शार्क फिन एन्टेना र डुअल–टोन एलोय ह्वीलहरू समाबेश छन् । साथै यसको टप भेरिएन्टमा सिंगल प्यानल सनरुफ राखिएको छ ।
नयाँ मारुती डिजायर १।२ लिटर जेड सिरिज इन्जिनद्वारा संचालित हुनेछ । नयाँ ३ सिलिन्डर इन्जिनले ८० बीएचपी र ११२ एनएम पावर उत्पादन गर्ने जनाइएको छ भने इन्जिन ५ स्पीड म्यानुअल वा एएमटीसँग जोडिएको हुनेछ । यो कार फ्याक्ट्री फिटेड सीएनजी विकल्पमा पनि उपलब्ध हुनेछ ।





























प्रतिक्रिया