मानव तस्करीको आरोप लागेका कोशीका पूर्वमन्त्री लीलाबल्लभ अधिकारी पक्राउ

मानव तस्करीको आरोप लागेका कोशीका पूर्वमन्त्री लीलाबल्लभ अधिकारी पक्राउ

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । अधिकारीलाई विराटनगरस्थित आफ्नै निवासबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

नक्कली कागजात बनाएर ३ जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । अधिकारीलाई विराटनगरबाट काठमाडौँ ल्याउने तयारी गरिएको छ।

Logo