रास्वपाले हेटौंडा–१२ मा आशावीर बललाई बनायो उम्मेदवार

रास्वपाले हेटौंडा–१२ मा आशावीर बललाई बनायो उम्मेदवार

केन्द्रबिन्दु
54
Shares

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरले हेटौंडा उपमहानगरपालिका वडा नम्बर– १२ को उपनिर्वाचनको उम्मेदवार टुंगो लगाएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर– १२ को वडा अध्यक्षका लागि मंसिर १६ मा उपनिर्वाचन हुनेछ । आइतबार वडा, नगर र जिल्ला कार्यसमितिको संयुक्त बैठकले आशावीर बललाई वडा अध्यक्षको उम्मेदवारमा रास्वपा मकवानपुरले अघि सारेको हो ।

‘हेटौंंडा उपमहानगरपालिका वडा नम्बर– १२ मा विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आइरहेका बललाई रास्वापाको उम्मेदवार पाएका छौँ, आशा वीरबल सक्षम उम्मेदवार हुनुहुन्छ’ नगर सभापति धुर्वबहादुर विष्टले भने ।

उक्त रिक्त रहेको पदमा रास्वपाले सर्वाधिक मत ल्याएर वडा अध्यक्ष पदमा निर्वाचित हुनेमा कुनै शंका नरहेको मकवानपुर क्षेत्र नम्बर १ का सभापति टाकाराज थापाले दाबी गरे ।

‘हाम्रो उम्मेदवार पुराना दलभन्दा कुनै पनि कुराले कमजोर छैन ।’ रास्वपा मकावानपुरका सभापति भरत पराजुलीले भने । ‘योपल्ट हेटौँडा– १२ नम्बरका जनता सचेत छन् । पक्कै पनि देशको राजनीति अवस्था अबलम्बन गरेर मतदान गर्नु हुनेछ भन्नेमा हामी ढुक्क छौँ ।’ उनले थपे ।

यसैगरी अन्य उम्मेदवारमा रास्वपाबाट आशावीर बल ,एकीकृत समाजवादीबाट बलराम बल, राप्रपाबाट प्रेम लामा ब्लोन ,कांग्रेसबाट सम्भावित अर्जुन तिवारी, एमालेबाट सम्भावित राजेश नगरकोटी र माओवादीबाट सम्भावित रवीन प्रधान रहेका छन् ।

Logo