धनगढी प्रिमियर लिग आजबाट सुरु भएको छ । जसमा आजको पहिलो खेलमा काठमाडौं किंग्स र धनगढी स्टार्स विच प्रतिस्पर्धा भइरहेको छ ।
धनगढीको फाप्ला मैदानमा काठमाडौंले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौंले पिचको कन्डिसन हेरेर पहिले बलिङको निर्णय गरेको हो ।
प्रतियोगितामा धनगढी स्टार्स, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर यूनाइटेड, सीवाइसी अत्तरीया, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सले प्रतिस्पर्धा गर्दैछन् । सबै टिममा अक्सनबाट १२/१२ जना खेलाडी छनौट गरिएको छ भने एक रणनीतिक र २ जना विदेशी खेलाडी रहेका छन् । प्रतियोगिताका विजेतालाई ३० लाख रुपैँया र उपविजेतालाई १२ लाख रुपैँया पुरस्कार प्रदान गरिनेछ । त्यस्तै तेश्रो हुनेलाई ४ लाख रुपैंया र चौथो हुनेलाई २ लाख रुपैंया पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा मष्ट भ्यालुएबल प्लेयर, म्यान अफ द म्याच, बेष्ट बलर लगायतलाई समेत पुरस्कार प्रदान गरिने छ ।
क्रिकेटरलाई मात्रै होईन दर्शकलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । छक्का हानेको बल बाउन्ड्री बाहिर समाउने दर्शकलाई १० हजार रुपैंया दिने आयोजकले जनाएको छ । त्यस्तै हरेक दिन एक जना दर्शकलाई लक्की ड्रबाट ५ हजार रुपैंयाको नगर पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको अन्तिममा धनगढी क्रिकेट सम्मान र अर्जुन खड्का स्मृति सम्मान पनि प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताका लागि ५ हजार जना क्षमताको प्याराफिट निर्माण गरिएको छ भने टिकट दर लिग चरणका लागि ५० रुपैंया, प्ले अफका लागि ७० रपैंया र फाइनलका लागि एक सय रुपैंया तोकिएको छ । प्रतियोगिताको सबै खेलहरु फाप्ला क्रिकेट मैदानमा सञ्चालन हुने छन् । प्रतियोगिताको सद्भावनादूतका रुपमा दक्षिण अफ्रिकी क्रिकेटर जोन्टी रोड्सलाई नियुक्त गरिएको छ ।
शनिबारदेखि शुरु हुने भनिएको प्रतियोगिता मौसमका कारण आजलाई सारिएको थियो।
जारी खेलका खेलाडीहरु
ज्ञानेन्द्र मल्ल, विक्रम भुषाल, रासिद खान, ललित राजवंशी, निखिल यादव, अंकित डावास, अनिलकुमार शाह, गौरव तमोर, सोनु तामाङ, योगेन्द्रसिंह कार्की, महबुब आलम रहेका छन ।
धनगढी स्टार्स
अमित श्रेष्ठ, सुनील धमला, सौरव खनाल, सन्दिप रजाली, सोमपाल कामी, राजु रिजाल, रवीन क्षेत्री, अमिर हयात, रोहन मुस्तफा, पवन सराफ र हरीबहादुर चौहान छन ।































प्रतिक्रिया