रवि लामिछानेलाई बयानका लागि आज बुटवल लगिँदै

रवि लामिछानेलाई बयानका लागि आज बुटवल लगिँदै

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि आज कास्कीबाट रुपन्देहीको बुटवल लगिँदै छ ।

सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका लामिछानेलाइ मंगलबार बुटवल लैजाने तयारी रहेको छ ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा समेत पक्राउ पूर्जी जारी भएकाले उनलाई आज बुटवल लैजान लागिएको हो । बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा प्रहरीले लामिछानेमाथि अनुसन्धान गरिरहेको छ ।

Skip This
Skip This
Logo