साङ्ग्रिला मोटर्सद्वारा सी१० एसयूभी ग्राहकलाई डेलिभरी शुरु

साङ्ग्रिला मोटर्सद्वारा सी१० एसयूभी ग्राहकलाई डेलिभरी शुरु

केन्द्रबिन्दु
33
Shares

काठमाडौँ । साङ्ग्रिला मोटर्सले ग्राहकलाई कार्तिक २५ गतेदेखि सी१० एसयूभी दिन शुरु गरेको छ ।

साङ्ग्रिला मोटर्सले आफ्ना ग्राहकहरूको सन्तुष्टिलाई ध्यानमा राख्दै डेलिभरी प्रक्रिया छिटो, सहज, र व्यवस्थित बनाउन विशेष ध्यान दिएको जनाउँदै सी१० लाई हस्तान्तरण गर्न शुरु गरेको हो ।

नाडा अटो शोमा सार्वजनिक गरिएको सी१० लाई कम्पनीले हस्तान्तरण गर्न शुरु गरेसँगै नेपाली ग्राहकहरूले अब लामो प्रतीक्षापछि यो प्रिमियम एसयूभीको अनुभव लिन सक्नेछन् ।

लक्जरी, प्रदर्शन र वातावरणीय जिम्मेवारीलाई समेटेर डिजाइन गरिएको लिपमोटर सी१० ले विद्युतीय सवारीसाधनमा नयाँ अध्यायको सुरुवात गरेको कम्पनीले जनाएको छ ।

लिप मोटर्सले यसमा ६९.९ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री दिएको छ । उक्त ब्याट्रीले सिंगल चार्जमा ४२० किलोमिटर रेन्ज दिने डब्लूएलटीपी टेष्टले प्रमाणित गरेको छ । गाडीमा १६० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर रहेको छ ।

Logo