दुई स्टक ब्रोकर एशोसिएसनबीच मर्जर सम्झौता

दुई स्टक ब्रोकर एशोसिएसनबीच मर्जर सम्झौता

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । दुई वटा ब्रोकर एशोसिएसन मर्ज भएका छन् । स्टक ब्रोकर एसोसिएशन नेपाल र धितोपत्र ब्रोकर एशोसिएसन लिमिटेड मर्ज भएका हुन् ।

दुवै ब्रोकर एसोसिएसनबीच मर्जरका लागि बुधबार समझदारी पत्र (एमओयु)मा हस्ताक्षर भएको हो ।

समझदारी पत्रमा स्टक ब्रोकर एशोसिएसन नेपालका अध्यक्ष धर्मराज सापकोटा र धितोपत्र ब्रोकर एशोसिएसन लिमिटेडका अध्यक्ष सागर ढकालले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

मर्जर पश्चात नयाँ संगठनको नाम स्टक ब्रोकर्स एशोसिएसन अफ नेपाल कायम भएको छ । सम्झौता अनुसार अब धितोपत्र ब्रोकर्स एशोसिएसन नेपालका सदस्यलाई स्टक ब्रोकर्स एशोसिएसन अफ नेपालमा एकमुष्ट सदस्यता प्रदान गरिने छ ।

Logo