कांग्रेस उपसभापति गुरुङसँग सहकारी रकम अपचलनबारे सिआइबीले लियो बयान

कांग्रेस उपसभापति गुरुङसँग सहकारी रकम अपचलनबारे सिआइबीले लियो बयान

केन्द्रबिन्दु
54
Shares

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग सोधपुछ गरेको छ ।

लाजिमपाटस्थित सिआइबीको कार्यालयमा बुधबार उनीसँग मितेरी सहकारीको बचत रकम अपचलनका विषयमा उठेका प्रश्नका विषयमा सोधपुछ गरिएको ब्यूरो प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले बताए ।

बयान लिएपछि उनीसँग घटना विवरण कागजसमेत गराइएको सिआइबीले जनाएको छ । ललितपुरमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाको रु १२ करोड ५० लाख रकम अपचलन भएको निवेदन परेपछि सिआइबीले अनुसन्धान गरिरहेको छ । सोहीक्रममा उपसभापति गुरुङको बयान लिइएको हो ।

Skip This
Skip This
Logo