दक्षिण कोरियाका राजदूत र नेता खनालबीच भेट, आर्थिक विकासबारे छलफल

दक्षिण कोरियाका राजदूत र नेता खनालबीच भेट, आर्थिक विकासबारे छलफल

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले खनाल निवास डल्लुमा शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटका क्रममा पूर्वप्रधानमन्त्री खनालले राजदूतलाई नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको पचासौं वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै नेपाल र कोरियाबीचमा धेरै लामो कालदेखि समधुर सम्बन्ध रहेको र द्विपक्षीय सम्बन्ध अझै विकास हुने विश्वास व्यक्त गरे ।

राजदूत ताइयोङले पनि नेपालको आर्थिक विकासमा कोरियाको सधैं सकारात्मक सहयोग रहेको र विशेषगरी हरित आर्थिक गतिविधिमा पनि कोरियन सरकार नेपाललाई सहयोग गर्न इच्छुक रहेको बताए । भेटमा दुई देशबीचको आपसी हित एवं चासोको विषयमा लामो कुराकानी भएको थियो ।

Logo