काठमाडौं । भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित नेपाली फिल्म ‘आचार्य’ अब यूट्युबमै हेर्न पाइने भएको छ ।
बुधवारदेखि यो फिल्म ओएसआर डिजिटल यूट्युब च्यानलमा उपलब्ध गराइएको हो । फिल्ममा आचार्यका जेठा छोरा तथा प्रसिद्ध गायक सत्यराज आचार्य शीर्ष भूमिकामा छन् । उनले भक्तराज आचार्यको भूमिका निर्वाह गरेका छन् ।
यो फिल्म प्रदर्शनको १३ वर्षपछि गत असारमा पुनः हलमा रिलिज भएको थियो। फिल्ममा अरुणा कार्की, सुनील पोखरेल, सौगात मल्ल, दयाहाङ राई, विपिन कार्कीलगायको अभिनय छ। रोशन राई निर्माता रहेको फिल्मलाई प्रशान्त रसाइलीले निर्देशन गरेका हुन्।
गायक आचार्यको ८२ वर्षको उमेरमा गत फागुन १४ गते निधन भएको थियो । त्यसपछि गत असार ७ गतेबाट यो फिल्म पुनः प्रदर्शनमा ल्याइएको थियो । अब भने यूट्युबमै हेर्न पाइने भएको छ ।































प्रतिक्रिया