भैरहवामा सकियो रवि लामिछानेको बयान

भैरहवामा सकियो रवि लामिछानेको बयान

केन्द्रबिन्दु
66
Shares

काठमाडौं । सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको भैरहवामा बयान सकिएको छ ।

भैरहवास्थित जिल्ला सरकारी वकिलको कार्यालयमा आज तेस्रो दिन लामिछानेको सकिएको हो । पहिलो दिन मौखिक प्रश्नको जवाफ र दोस्रो र तेस्रो दिन ७० भन्दा बढी लिखित प्रश्न सोधिएको थियो, जसमा उनले इन्कारी बयान दिएका छन् ।

पोखराको सुर्यदर्शन सहकारीको करोडौं वचत रकम अपचलन आरोपमा कात्तिक २ गतेदेखि कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई बुटवलको सुप्रिम सहकारीको वचत अपचलन आरोपमा अनुसन्धान गर्न मंगलबार भैरहवा लगिएको थियो ।

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट लामिछानेको नाममा बुटवल उपमहानगरपालिका–९ राजमार्ग चौराहा कार्यालय रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट २०७७ चैत १८ मा २ करोड ऋण लिएको देखिएको छ । २ करोडमध्ये संस्थाले काट्ने सेवा शुल्क कटाएर लामिछानेले १ करोड ९६ लाख ऋण लगेको देखिएको छ ।

Logo