काठमाडौं । गरिमा विकास बैंक र विद्युतीय उपकरणसम्बन्धी उद्यमीहरूको छाता संगठन ‘फेडेरेसन अफ इलेक्ट्रिकल इन्टरप्रेनर्स अफ नेपाल’बीच सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मी र फेडेरेसनका अध्यक्ष रेशमप्रसाद देवकोटाले बुधबार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार फेडेरेसन अफ इलेक्ट्रिकल इन्टरप्रेनर्स अफ नेपालले उक्त संघमा आबद्ध विद्युतीय उपकरणसम्बन्धी उद्यमीहरूलाई गरिमा विकास बैंकमा व्यावसायिक सम्बन्ध स्थापित गरी बैंकिङ कारोबार गर्नका लागि सहजीकरण गर्नेछ ।
उक्त सम्झौतासँगै अब सो संघमा आबद्ध उद्यमीहरूले गरिमा विकास बैंकबाट आकर्षक ब्याजदर अर्थात केही समयअघि सार्वजनिक गरएिकव् योजनाअन्तर्गत ८.४८ प्रतिशतमा व्यावसायिक अधिविकर्ष कर्जा तथा ०.७५ प्रतिशत प्रिमियम दरमा साना तथा मझौला व्यवसाय कर्जा कर्जा प्राप्त गर्नेछन् ।
साथै, प्रचलित ऐन नियमको परिधिभित्र रही सरल तथा सहज तवरबाट घर कर्जा, सवारी कर्जा, शेयर कर्जा, सुनचाँदी धितो कर्जा, क्रेडिट कार्डलगायतका सुविधाहरू समेत प्राप्त गर्नेछन् । सो प्रयोजनका लागि बैंकले छुट्टै कर्जा डेस्कसमेत स्थापना गरी कार्य गर्ने छ ।































प्रतिक्रिया