काठमाडौँ । पूर्वगृहमन्त्री रवि लामिछालेनलाई आज रूपन्देहीबाट कास्कीको पोखरा लगिँदै छ । जिल्ला सरकारी वकिलको कार्यालय रूपन्देहीमा लामिछानेको लिखित बयान सकिएपछि पुनः कास्की लैजान लागिएको हो ।
रूपन्देहीका प्रहरी प्रमुख एसपी रञ्जीतसिंह राठौरका अनुसार लामिछानेलाई कडा सुरक्षा घेरामा जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा राखिएको छ ।
बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलन प्रकरणअन्तर्गत संगठित अपराधको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछालेनमाथि अनुसन्धान जारी छ ।































प्रतिक्रिया