सीएफमोटो एडभेन्चर राइड २०२४: अपर मुस्ताङको घोषणा

सीएफमोटो एडभेन्चर राइड २०२४: अपर मुस्ताङको घोषणा

केन्द्रबिन्दु
24
Shares

काठमाडौँ । सीएफमोटो नेपालको अधिकृत बिक्रेता रिलायन्स ग्रुप नेपालले उत्साहपूर्वक ‘सीएफमोटो एडभेन्चर राइड २०२४ः अपर मुस्ताङ’ को घोषणा गरेको छ । यस अद्भूत यात्राका क्रममा भर्खरै लञ्च गरिएको ४५०एमटीको क्षमता र प्रदर्शनलाई दर्शाउने कम्पनीले जनाएको छ ।

नाडा २०२४ मा लन्च गरिएपछि छोटो समयमा नै बजारमा बलियोसँग स्थापित भएको ४५० एमटी एड्भेन्चर चाहनेका लागि नभई नहुने बाइकका रूपमा परिचित भइसकेको छ ।

राइडरहरूले यो उत्कृष्ट बाइकको पूर्ण रूपमा अनुभव लिन सक्नेछन् । यो साहसिक यात्रा २०२४ को डिसेम्बर २ देखि डिसेम्बर ८ सम्म आयोजना हुने तय भएको छ । जसमा सहभागीहरूले काठमाडौँबाट कोरला सीमासम्म १ हजार किलोमिटरभन्दा बढीको चुनौतीपूर्ण बाटो पार गर्नेछन्।

यात्रा विवरणः

काठमाडौँबाट डिसेम्बर २ मा प्रस्थान गरेर सहभागीहरूले नेपालको विविध भूभाग पार गर्नेछन् । जसमा चितवन राष्ट्रिय निकुञ्ज, पाल्पा तानसेन, कालापानी, पवित्र तीर्थस्थल मुक्तिनाथ र प्रसिद्ध लोमान्थाङ शहरमा विश्राम गर्दै कोरला सीमानासम्मको यात्रा समावेश छ । यो महत्त्वाकांक्षी मार्गले प्राकृतिक सौन्दर्य, प्रविधिक अफरोड चुनौतीहरू र समृद्ध साँस्कृतिक अनुभवलाई संयोजन गरी राइडरहरूलाई एक अविस्मरणीय साहसिक यात्रा प्रदान गर्ने बताइएको छ ।

“यो यात्राले साहसिकताको वास्तविक सारलाई समेट्छ । राइडरहरूले अप्रशोधित बाटाहरू पार गर्दै नेपालका लुकेका रत्नहरू पत्ता लगाउनेछन्, जुन कुनै पनि भूभागमा सजिलै चल्नेगरी तयार गरिएको मोटरसाइकलमा हुनेछ ।” सीएफमोटो नेपालका वितरक ऋषि ट्रेड सेन्टरका प्रबन्ध निर्देशक उज्ज्वल जोशीले भने, “यो यात्रा सहनशीलता, अन्वेषण र मोटरसाइकलिङको साँचो परीक्षा हो।”

Logo