कार दुर्घटनामा परेका प्रदेश नं ५ का प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको स्वास्थ्यमा सामान्य सुधार आएको छ । ओलीलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौँ लगिएको छ।
लमही स्थित फ्लोरेन्स अस्पतालमा प्राथमिक उपचार गरेर थप उपचारको लागि कोहलपुर मेडिकल कलेज लगिएको ओलीको त्यहाँ पनि उपचार सम्भव नभएपछि थप उपचारको लागि हेलिकप्टर मार्फत काठमाण्डौँ लगिएको हो । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरबाट काठमाडौँको मेडिसिटी अस्पताल रेफर गरिएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार पेटमा भएको इन्टर्नल ब्लिडिङ अहिले रोकिएको छ भने श्वासप्रश्वास गति सामान्य छ।
बिहिबार घोराहीबाट लमही जाँदै गरेको ना ५ ख ५५२९ नम्बरको यात्रुवाहक बसले बुटवलबाट तुलसीपुर जाँदै गरेको बा १८ च ६८३६ नम्बरको सांसद ओली सवार कारलाई घोराही–लमही सडक खण्डको चिसापानीमा ठक्कर दिएको थियो । उक्त दुर्घटनामा बसमा यात्रा गरिरहेकी पश्चिम रूकुमकी रमिला शर्माको मृत्यु भएको थियोे ।





























प्रतिक्रिया