वैदिक सनातन धर्म र संस्कृतिको संरक्षण गरिनुपर्नेमा जोड

वैदिक सनातन धर्म र संस्कृतिको संरक्षण गरिनुपर्नेमा जोड

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ । वैदिक सनातन धर्म, संस्कृतिको संरक्षण गरिनुपर्नेमा जोड दिइएको छ । योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्ले आयोजना गरेको कार्यक्रमका वक्ताले नेपालको पहिचान झल्काउने सनातन धर्म, संस्कृति र संस्कारको प्रवर्द्धन गरिनुपर्ने बताएका हुन् ।

कार्यक्रममा संस्कृतिविद् एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति डा जगमान गुरुङले मौलिक संस्कृतिमाथि हुने गरेका आक्रमण रोक्न ॐकार परिवारका सबै एक हुनुपर्ने बताए । नेपालका सांस्कृतिक धरोहर भावी पुस्ताका लागि पनि सुरक्षित गर्ने गरी संरक्षण गरिनुपर्नेमा उनको जोड थियो ।

बद्रीका आश्रम काभ्रेस्थली, काठमाडौँका स्वामी चतुर्भुजाचार्य चुडामणि महाराजले सनातन धर्मावलम्बीको संस्कार भ्रष्ट भएकाले धर्मले रक्षा गर्न नसकेको बताए । सबै मानिस धर्म र आचरणमा बसेमा सकारात्मक फल मिल्ने उनको विचार थियो ।

कार्यक्रममा नेपाल आर्य समाजका अध्यक्ष डा माधवप्रसाद उपाध्याय पौडेल, शिव अवतारी लामा, उपेन्द्र गौतम, गजेन्द्रबहादुर अर्याल, शशीविक्रम राणा, प्रा डा विष्णुराज पाण्डे, डा सुरेन्द्र ढकाल, उपेन्द्र गौतम, पुष्पादेवी माता, परिषद्का अध्यक्ष शङ्कर पौडेललगायतले सनातन धर्म संस्कृतिको संरक्षणका लागि जनजागरण आवश्यक पर्ने बताएका थिए ।

Skip This
Skip This
Logo