शुक्रबार बसेको राष्ट्रियसभा बैठकले राष्ट्रियसभाले विभिन्न ४ वटा विधेयकलाई दफावार छलफलका लागि विधायन समितिमा पठाएको छ ।
बैठकले निवृत्तिभरण कोष विधेयक, नागरिक लगानी कोष दोश्रो संशोसन विधेयक, विज्ञापन नियमन गर्ने विधेयक २०७५ र जेष्ठ नागरिक सम्बन्धी पहिलो संसोधन विधेयक २०७५ लाई दफावार छलफलका लागि विधायन समितिमा पठाएको हो ।
बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले तीन वटै विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भनी गरेको प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको तर्फबाट अर्थमन्त्री खतिवडाले विज्ञापन नियमन गर्ने विधेयक २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भनी प्रस्ताव गरेका थिए ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थम माया थापाको तर्फबाट गृहमन्त्री राम बहादुर थापाले जेष्ठ नागरिक सम्बन्धी पहिलो संसोधन विधेयक २०७५ लाई दफावार छलफलका लागि विधायन समितिमा पठाइयोस् भनी प्रस्ताव गरेका थिए ।
राष्ट्रियसभाको अर्को बैठक माघ २९ गते मंगलबार बिहान ११ बजे बोलाइएको छ ।





























प्रतिक्रिया