काठमाडौँ
पछिल्लो तथ्याङकले लागुऔषध ओसारपसार र प्रयोगकर्ताको संख्या बढेको देखिएको छ । लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै जाँदा यसको कारोबारमा संलग्न अपराधीहरु पक्राउ पर्ने क्रम पनि उल्लेख्य रुपमा बढेको प्रहरीको तथ्यंकले देखाएको छ । सन् २०१४ देखि २०१८ सम्मको ५ वर्षको अवधिमा यसमा संलग्न विदेशीसहित १८ हजार बढी पक्राउ परेका छन् ।
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले दिएको जानकारी अनुसार नेपालभरि यस अवधिमा १८ हजार १ सय ९ जना लागुऔषध प्रयोगकर्ता तथा ओसारपसारमा संलग्न पक्राउ परेका हुन् ।
सन् २०१४ मा दुई हजार ९ सय १८ जना, सन् २०१५ मा दुई हजार ६ सय ५६, सन् २०१६ मा तीन हजार ६ सय ९६, सन् २०१७ मा तीन हजार ९ सय ४१, सन् २०१८ मा चार हजार ८ सय ९८ जना गरी १८ हजार १ सय ९ जना लागुऔषधका कारोवारी र प्रयोगकर्ता पक्राउ परेका हुन् । प्रकाउ पर्नेमा भारतीय, क्यानेडियन, फ्रान्सेली र चिनीयाँ लगायत देशका नागरिक रहे पनि भारतीयको संख्या धेरै रहेको प्रहरीको तथ्यांकमा उल्लेख छ।
सन् २०१४ मा पक्राउ परेकामध्ये १ सय ३३ भारतीय छन् भने अन्य मुलकका १९ जना छन् । त्यस्तै सन् २०१५ मा १ सय ११ भारतीय छन् भने अन्य मुलकका १३ जना रहेका छन् । त्यसै गरी सन् २०१६ मा पक्राउ परेकामध्ये १ सय १३ भारतीय छन् भने अन्य मुलकका २६ जना छन् । भारतसँग खुला सीमाका कारण अन्तराष्ट्रिय लागुऔषध तस्करले नेपाललाई तस्करीका लागि ‘ट्रान्जिट’ को रुपमा प्रयोग गर्ने गरेका छन् ।
नागरिकबाट





























प्रतिक्रिया