धरान सरोकार समाजद्वारा बेलायतका लागि नियुक्त राजदूत घिमिरे सम्मानित

धरान सरोकार समाजद्वारा बेलायतका लागि नियुक्त राजदूत घिमिरे सम्मानित

केन्द्रबिन्दु
6
Shares

काठमाडौँ । काठमाडौँमा रहेका धरानेहरूको संस्था धरान सरोकार समाजले संयुक्त अधिराज्य बेलायतका लागि नियुक्त राजदूत चन्द्र घिमिरेलाई बधाई तथा शुभकामना कार्यक्रम राखेर सम्मान गरेको छ । कार्यक्रममा विभिन्न क्षेत्रमा स्थापित धरानेहरुले विषयगत सुझावहरु पनि दिएका छन् ।

पूर्वराजदुत राजेश्वर आचार्यले आफ्नो अनुभवका साथै गर्नुपर्ने कामको बारेमा सल्लाह दिएका थिए । उनले चीनमा आफु राजदुत भएर काम गर्दा दुई देशका सम्बन्धलाई प्रगाढ बनाउँदै राष्ट्रको हितका लागि गरेका कामहरुको बारेमा चर्चा गरेका थिए ।

उनले अब काम गर्दा राजदूत नभई राष्ट्रदूत भएर काम गर्न सुझाव दिए । त्यस्तै आफूले कालापानीको विवादको बेलामा सहजीकरण गरेको स्मरण गर्दै बेलायतमा त्यो बेलाको कागजात वा नक्साका लागि प्रयास गर्न पनि सुझाव दिए ।

कार्यक्रममा च्याम्बर अफ कमर्शका पूर्वअध्यक्ष महेशकुमार अग्रवालले पुरानो सम्बन्ध रहेको देशमा जान लागेकामा शुभकामना व्यक्त गरे । पूर्वमन्त्री कृष्णकुमार राईले घिमिरेलाई आफूलाई सिफारिस गर्ने दल, समूह, समुदाय आदिका लागि मात्र नभई सम्पूर्ण नेपालको प्रतिनिधित्व गरी काम गर्नै शुभकामना दिए ।

कार्यक्रममा क्याप्टेन नारायण राई, नेपाल बाल संगठनकी अध्यक्ष विद्या न्यौपाने, वरिष्ठ अधिवक्ता हरिहर दाहाल, भूपेन्द्र कार्की, नारायण श्रेष्ठ आदिले बधाई र शुभकामना व्यक्त गरेका थिए । धरान सरोकार समाजका सदस्य एवं पूर्वएआईजी सन्दीप भण्डारीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्दै नवनियुक्त राजदुत चन्द्र घिमिरेले आएका सुझावहरूलाई आफूले मनन गर्ने बताउँदै राष्ट्रको अधिकतम हितका लागि काम गर्ने बताए । यसअघि मन्त्रालयमा हुँदा वा महावाणिज्य दूतका रुपमा काम गर्दाका अनुभवहरुलाई राजदुतका रुपमा उपयोग गर्ने बताए ।

धरान सरोकार समाजका कार्यवाहक अध्यक्ष डा. महेन्द्र सुब्बाले आफ्नो संस्थाको अध्यक्ष राजदूतका रुपमा नियुक्त हुनुले आफ्नो संस्था मात्र नभई सम्पूर्ण धरानेहरु नै गौरवान्वित भएको बताए ।

Skip This
Skip This
Logo